एसियन कंक्रिटो अब नेपाली बजारमा

भाद्र १७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियन कंक्रिटोले नेपाल गुणस्तरअनुसार उत्पादन सुरु गरेको छ ।

युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटोले अब नेपालमा पनि उत्पादन थालेको हो ।

कंक्रिटोका निर्माण सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले वैशाख ७ मा नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएपछि सोहीअनुसार उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष मनीष रुंगटाले जानकारी दिए ।

उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully