१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एसियन कंक्रिटो अब नेपाली बजारमा

काठमाडौँ — एसियन कंक्रिटोले नेपाल गुणस्तरअनुसार उत्पादन सुरु गरेको छ ।

युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटोले अब नेपालमा पनि उत्पादन थालेको हो ।

कंक्रिटोका निर्माण सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले वैशाख ७ मा नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएपछि सोहीअनुसार उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष मनीष रुंगटाले जानकारी दिए ।

उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको कम्पनीको भनाइ छ ।

प्रकाशित : भाद्र १७, २०७८ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?