कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

फोर्ब्स कोरोना गार्ड नेपालमा

काठमाडौँ — त्रिवेणी समुहद्वारा सञ्चालीत त्रिवेणी व्यापार कम्पनीले फोर्ब्स कोरोना कार्ड उपकरण ल्याएको छ ।

कोभिड–१९ लाई नियन्त्रण गर्न उक्त उपकरण ल्याएको कम्पनीले जानकारी दिएको छ ।

विद्युतिय कोरोना गार्ड उपकरण विद्यालय, कलेज, बैंक, बित्तिय क्षेत्र, कार्यालय, मल, सिनेमाहल, हस्पिटल, रेष्टुरेष्ट लगायतका स्थानहरुमा जडान गरि हावामा रहेका किटाणुहरुलाई निष्क्रिय पार्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार यो उपकरणको गुणस्तर मापन भारत लगायत विभिन्न देशका अन्तराष्ट्रिय ल्याबहरुमा परिक्षण गरिएको उल्लेख गरेको छ । यो उपकरणमा कम्पनीले एक वर्षको वारेन्टी समेत रहेको जानकारी दिएको छ ।

प्रकाशित : असार १६, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×