अक्सिजन उत्पादन गर्न क्रिएसनलाई कोकाकोलाको सहयोग

जेष्ठ २१, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोकाकोला फाउन्डेसनले अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न क्रिएसनलाई सहयोग गरेको छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरका कारण बिग्रँदै गएको नेपालको स्वास्थ्य संकटबाट बच्न कोकाकोलाले अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न क्रिएसनलाई सहयोग गरेको हो ।

कोकाकोलाले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेसन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भलनेरेबल जनशक्तिलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टमा सहयोग गरेको जनाएको छ ।

युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्न केटर गर्न सक्ने कोकाकोलाले बताएको छ ।

कान्तिपुर

Link copied successfully