भन्सार छलीका ई–लोडरसहित २१ लाखभन्दा बढीका सामान बरामद

बरामद गरिएको ई–लोडरको मूल्य ४ लाख रुपैयाँ र मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

श्रावण ८, २०८३

शंकर अाचार्य

Goods worth over 2.1 million, including e-loaders, smuggled through customs, seized

What you should know

पर्सा — भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेका २१ लाख ३९ हजार ६ सय ५५ रुपैयाँ बराबरका ई–लोडर, मोटरसाइकल, साइकल तथा विभिन्न सामान शुक्रबार बरामद गरिएको छ । 

वीरगन्ज महानगरपालिका–१७ अलौस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल टोलीले प्रदेश २–०३–००१ स ६०९७ नम्बरको ई–लोडरमा ल्याइँदै गरेको १२ लाख ७५ हजार रुपैयाँ बराबरको ८ कार्टुन भिटामिन औषधि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय पर्साले जनाएको छ । सोही क्रममा ना २६ प २०१८ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको ३१ हजार ९१५ रुपैयाँ बराबरको किराना पसलका सामानसमेत नियन्त्रणमा लिइएको थियो।

बरामद गरिएको ई–लोडरको मूल्य ४ लाख रुपैयाँ र मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। यसरी सवारी साधनसहित उक्त कारबाहीमा १९ लाख ६ हजार ९१५ रुपैयाँ बराबरको सामान बरामद भएको छ। सबै सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Goods worth over 2.1 million, including e-loaders, smuggled through customs, seized

शुक्रबाबर नै वीरगन्ज–१६ स्थित भन्सार मेनगेटमा जाँचका क्रममा विभिन्न सवारी साधनबाट भारतबाट ल्याइँदै गरेको १ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरका बिलबिजकविहीन विभिन्न ब्रान्डका कपडा, स्टेशनरी तथा हार्मोनियम बरामद गरी भन्सार कार्यालय पठाइएको छ।

यस्तै, बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले ४ वटा साइकलमा ल्याइँदै गरेको ४७ हजार २ सय रुपैयाँ बराबरका मोटर पार्ट्स, कपडा र किराना सामान तथा ८ हजार रुपैयाँ मूल्यका साइकलसहित ५५ हजार २ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।

यसैगरी छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित बीओपी भिष्वाबाट खटिएको टोलीले ३२ हजार १ सय ४० रुपैयाँ बराबरका कस्मेटिक तथा किराना सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी मोहनराज निरौलाले जनाए।

शंकर

Link copied successfully