सप्तरीमा मध्यराति ३३ क्विन्टल बढी गाँजा बरामद, ३ जना चालक फरार

प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुल्लाबाट दुई वटा पिकअप र एउटा स्करपियो जिपसहित गाँजा बरामद गरेको हो ।

श्रावण ७, २०८३

विद्यानन्द राम

Over 33 quintals of marijuana seized in Saptari at midnight, 3 drivers abscond

राजविराज — सप्तरीमा बुधबार मध्यराति हनुमाननगर–रमपुरा मल्हनियाँ हुँदै भारततर्फ गइरहेको ३ वटा गाडीबाट ३३ क्विन्टल ३२ किलो गाँजा बरामद भएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुल्लाबाट दुई वटा पिकअप र एउटा स्करपियो जिपसहित गाँजा बरामद गरेको हो । त्यहाँबाट ५/७ किलोमिटरकै दुरीमा भारतीय सिमाना छ ।  

प्रहरीलेले राति १ बजेतिर ३३ क्विन्टल ३२ किलो ४६० ग्राम (बोराको तौलबाहेक) गाँजा बरामद गरेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी हेमराज घिमिरे जानकारी दिए । उनकाअनुसार प्र.१–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८, बा.प्र.०१–०२९च ९५८६ नम्बरको पिकअपबाट ३३ र बा.प्र.०१–०२५च ०४३६ नम्बरको स्करपियोबाट १९ वटा बोरामा लागुऔषध गाँजा बरामद भएको छ ।

बोराको तौलसहित १५०७ नम्बरको पिकअपबाट १६ क्विन्टल ६८ किलो ११० ग्राम, ९५८६ नम्बरको पिकअपबाट ११ क्विन्टल ७० किलो ७१० ग्राम र ०४३६ नम्बरको स्करपियोबाट ५ क्विन्टल २३ किलो ६४० ग्राम गाँजा बरामद भएको हो । तीन वटै गाडीका चालक भने फरार भएकाे डीएसपी घिमिरेले बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully