कोसी नदीमा हाम फालेका युवकको पौने २ घण्टापछि सकुशल उद्धार

हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित ब्यारेज पुलको ४७ नम्बर ढोकाको दक्षिणतर्फबाट वडा नम्बर ५ का २८ वर्षीय जयप्रकाश साहले नदीमा हाम फालेका थिए

श्रावण ४, २०८३

विद्यानन्द राम

Youth who jumped into Koshi River rescued after 2.5 hours

राजविराज — कोसी नदीमा सोमबार दिउॅंसो हाम फालेका एक युवकको पौने २ घण्टापछि सकुशल उद्धार गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित ब्यारेज पुलको ४७ नम्बर ढोकाको दक्षिणतर्फबाट वडा नम्बर ५ का २८ वर्षीय जयप्रकाश साह नदीमा हाम फालेका थिए । 

दिउॅंसो २ बजे नदीमा हाम फालेका साहकै साथीले साढे २ बजेतिर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय भारदहका प्रहरी वरिष्ठ नायब निरीक्षक नागेश्वर थान्दार र सशस्त्र बेस क्याम्प भारदहका सशस्त्र प्रहरी नायब उपरीक्षक अईन्द्र राज नेम्वाङको कमाण्डमा डीएमटीसहितको टोली पुगेको थियो । तबसम्म युवकलाई पानीले बगाएर पलार (पानीको बिच बालुवा)मा पुर्‌याइसकेको थियो । 

डीएमटी टोलीको १ घण्टाको प्रयासले दिउॅंसो पौने ४ बजे युवकलाई सकुशल उद्धार गरेको हो । युवकले के-कुन कारणले नदीमा हाम फालेको विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेले बताए ।

उनका अनुसार सकुशल उद्धार गरिएका युवकलाई उनकी श्रीमती दुर्गादेवी साहको जिम्मा लगाइएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully