वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना बिहानैदेखि हटाइँदै छ ।
पर्सा — वीरगन्जमा डोजर अभियान पुनः सुचारूस्थानीयको अवरोधपछि रोकिएको वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचनामा डोजर चलाउने अभियान सोमबार बिहान पुनः सञ्चालन भएको छ ।
स्थानीयको अवरोधपछि रोकिएको वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचनामा डोजर चलाउने अभियान सोमबार बिहान पुनः सञ्चालन भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार दिउँसो करिब १ बजेदेखि त्रिभुवन राजमार्गअन्तर्गत वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान सुरु गरेको थियो । कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि साँझ करिब ५ बजे बहुअरी क्षेत्रका स्थानीयले डोजर सञ्चालनमा अवरोध गरेपछि अभियान रोकिएको थियो ।
स्थानीयले वीरगन्ज महानगरपालिकासँग आवश्यक समन्वय नगरी सडक विस्तारको काम अघि बढाइएको तथा यस विषयमा सरोकारवाला निकायबीच छलफल जारी रहेकाले तत्काल डोजर चलाउन नदिने अडान लिएका थिए।
तर सोमबार बिहान साढे ६ बजे देखि पुनः कामलाई निरन्तरता दिइएको डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले जानकारी दिए । बिहानदेखि ३ वटा डाेजर प्रयोग गरिएको छ ।
अभियान महानगरको उत्तरी क्षेत्रबाट सुरु गरी क्रमशः दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको उनले बताए ।
