पर्सागढी नगरपालिका–४ पर्शुरामपुर निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान आइतबार साँझ प्रहरी चौकी बढनियारबाट फरार भएका थिए।
पर्सा — पर्साको बढनियार प्रहरी चौकीबाट हत्कडीसहित फरार भएका एक थुनुवा भोलिपल्ट आफैं हाजिर भएका छन्।
पर्सागढी नगरपालिका–४ पर्शुरामपुर निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान आइतबार साँझ प्रहरी चौकी बढनियारबाट फरार भएका थिए। उनी सोमबार साझ आफैं डिभिजन वन कार्यालय पर्सामा हाजिर भएका हुन् ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार काठ तस्करीसम्बन्धी आरोपमा पक्राउ परेका मेराजुल आइतबार साँझ करिब ७–८ बजेतिर खाना खाने क्रममा प्रहरीलाई छलेर फरार भएका थिए । फरार भएपछि उनी रातभर आफ्नै घरमा बसेको र सोमबार आफैं हाजिर भएका थिए । उनीसँगै रहेका अन्य २ व्यक्तिलाई पक्राउ गर्ने क्रममा उनी बढनिहार प्रहरी चौकीको चेन गेट खोलेर भाग्न सफल भएका थिए । मेराजुलविरुद्ध सवडिभिजन वन कार्यालय सबैयामा काठ तस्करीसँग सम्बन्धित तीन वटा मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिइएको थियो।
