थप १६ सुकुमवासी परिवारलाई लहान नगरपालिकाले दियो पक्की घर

नयाँ घरमा २ वटा बस्ने कोठा र एउटा भान्सा कोठा छन् । नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार यी घरहरूको आयु ३० वर्षभन्दा बढी हुनेछ ।

जेष्ठ २०, २०८३

विनय आजाद

Lahan Municipality provides concrete houses to 16 more squatter families

सिरहा — लहान नगरपालिकाले बुधबार १६ दलित सुकुम्बासी परिवारलाई पक्की घर  प्रदान गरेको छ । लहान-२१ बेतहा गाउँका १६ दलित सुकुमवासी परिवारलाई बुधबार नगरपालिकाले बनाएको पक्की घर हस्तान्तरण गरेको हो । 

घर पाउनेमा अति विपन्न मानिने मुसहर, रामलगायतका समुदायका रहेको लहान नगरपालिकाले जनाएको छ । उनीहरू यसअघि फुसको घरमा बस्दै आएका थिए । नगरपालिका र हेविटेट फर ह्युम्यानिटी नेपालको संयुक्त लगानीमा बनेका यी घरहरूमा २ वटा बस्ने कोठा र एउटा भान्सा कोठा छन् । घरमाथि जस्ता हालिएको छ भने तल बाँसको प्रयोग गरी प्लास्टर गरिएको छ ।

नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार, यी घरहरूको आयु ३० वर्षभन्दा बढी हुनेछ । नगरपालिकाले केही दिनअघि लहान-१३ का २० र मंगलबार मात्रै लहान-२२ का २४ दलित सुकुमवासी परिवारलाई यस्तै घर हस्तान्तरण गरेको थियो ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully