छोटी भन्सार पुन:स्थापना माग्दै सिरहामा प्रदर्शन

सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार बन्द गरेपछि स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका छन्, पुन:स्थापनाको माग गरेका छन्।

जेष्ठ ११, २०८३

विनय आजाद

Protest in Siraha demanding restoration of small customs

सिरहा — सिरहामा सरकारविरुद्ध प्रदर्शन भएको छ । मधेशमा आर्थिक संकट निम्त्याउन सरकारले छोटी भन्सार बन्द गरेको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले वैशाख २१ मा जिल्लाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । यसको विरोध गर्दै स्थानीयहरूले जिरोमाइलस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पार्दै सोमबार प्रदर्शन गरे ।

छोटी भन्सार खारेजीको निर्णय फिर्ता लिई पुन:स्थापना गर्नुपर्ने माग राखेर उनीहरूको छ । स्थानीयहरूले यसविरुद्ध यसअघि २५ वैशाखदेखि २७ वैशाखसम्म हुलाकी राजमार्गमा पनि चरणबद्ध आन्दोलन गरेका थिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully