मधेश प्रदेशका मुख्यमन्त्री यादव विश्वासको मत लिँदै

शुक्रबार दिउँसो १ जबे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ ।

जेष्ठ ८, २०८३

अजित तिवारी

Madhesh Province Chief Minister Yadav taking vote of confidence

जनकपुर — जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वमा रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिँदैछन् । 

शुक्रबार दिउँसो १ जबे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । सत्ता सारथी दलले समर्थन फिर्ता लिएको ३० दिनचित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । 

मुख्यमन्त्री यादवले विश्वासको मत लिनुअघि सत्ता सारथी दल जनमत र जसपा नेपाललाई गठबन्धन बाहिर पठाएर एमालेलाई सरकारमा भित्र्याएका छन् । मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा एमाले र नेकपाको सरकार रहनेछ । यी ३ दलसँग सरकार बनाउने सुविधाजनक बहुमत छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully