मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मुख्यमन्त्री कृष्णप्रसाद यादवको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।

जेष्ठ ८, २०८३

अजित तिवारी

Madhesh Province Chief Minister Yadav receives vote of confidence

जनकपुर — सत्ता साझेदार दल जनमत पार्टी र जसपा नेपालले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार कांग्रेस, एमाले र नेकपाले विश्वासबाट विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री यादवले शुक्रबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्दै पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । मुख्यमन्त्री यादवलाई कांग्रेस, एमाले र नेकपाले विश्वासको मत दिएका हुन् ।

जनमत पार्टीले गत वैशाख २० गते समर्थन फिर्ता लिएको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्राबधान छ । मधेश प्रदेश सरकारमा यसअघि रहेका सत्ता साझेदार जनमत र जसपा नेपाललाई हटाएर मुख्यमन्त्री यादवले बिहीबार राति एमालेलाई सरकारमा भित्र्याएका थिए ।

मुख्यमन्त्री यादवले आफ्नो सरकार ढाल्न सत्ता सारथि दल नै लागेपछि जनमत र जसपा नेपाललाई हटाएर एमालेलाई भित्र्याएको दाबी गरेका छन् । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully