सिरहा प्रहरीले गोलबजारका राकेश साहलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरेको हो ।
सिरहा — प्रहरी र अदालत मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको घटनामा प्रहरीले गोलबजारका एक जनालाई पक्राउ गरेको छ ।
सिरहा प्रहरीले गोलबजारका राकेश साहलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरेको हो ।
गोलबजारका अजय साहले आफूसँग राकेशले बैंकिङ कसुरलगायतका मुद्दा मिलाइदिने भनेर ६ लाख रुपैयाँ लिएको, तर काम नगराई ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएका थिए । त्यही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा जिल्ला अदालतका अनुसार, राकेशमाथि थप अनुसन्धान गर्न प्रहरीलाई मंगलबार पहिलोपटक पाँच दिनको म्याद दिइएको छ ।
