बस्ती खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीले गरे सडक अवरुद्ध

ठूलो संख्यामा उपस्थित भएका सुकुमवासीले सडक अवरुद्ध गर्दा जनकपुर–ढल्केवर सडक खण्डमा केहीबेर यातायात संचालनमा अवरोध भएको थियो ।

वैशाख २५, २०८३

अजित तिवारी

Sukum dwellers block road in Dhanusha after notice to evacuate settlement

जनकपुर — धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सुुकुमवासी बस्ती खाली गर्न उर्दी जारी गरेपछि महेन्द्रनगरको औरही पुलमा सडक अवरुद्ध गरिएको छ । ठूलो संख्यामा उपस्थित भएका सुकुमवासीले सडक अवरुद्ध गर्दा जनकपुर–ढल्केवर सडक खण्डमा शुक्रबार बिहान १ घण्टा यातायात संचालनमा अवरोध भएको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सडकमा टायर बालेर राजमार्ग अवरुद्ध गरेकालाई तितरवितर गरेर सडक सुचारु गराइएको छ । क्षीरेश्वरनाथ नगरपालिकाले वैशाख २१ मा सार्वजनिक सूचना जारी गर्दै वडा १ देखि १० सम्म अतिक्रमित, अव्यवस्थित र जोखिमयुक्त जग्गा घर, टहरासमेतका संरचना ७ दिनभित्र खाली गर्ने भनेको थियो । 

क्षीरेश्वरनाथ नगरपालिकाका १० वटै वडाका सुकुमवासीहरुले शुक्रबार बिहान ११ बजेसम्म औरही पुलमा सडक अबरोध गरेका थिए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully