बरियारपट्टीस्थित हुलाकी राजमार्ग अवरुद्ध पार्दै बिहीबार स्थानीय आन्दोलित बनेका हुन् ।
सिरहा — नेपाल भारत सीमावर्ती बजार सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध स्थानीय आन्दोलित बनेका छन् ।बिहीबार बरियारपट्टीस्थित हुलाकी राजमार्ग अवरुद्ध पार्दै स्थानीय आन्दोलित बनेका हुन् ।
स्थानीय बासिन्दा र व्यापारीको आन्दोलनका कारण यो राजमार्गमा सवारीसाधन ठप्प बनेका छन् । सरकारले २०८३ वैशाख २१ को राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
यस निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले स्थायी रूपमा बरियारपट्टी छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्नुपर्ने माग गरेका छन् । यो भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने स्थानीयको भनाइ छ ।
