बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगन्जबाट पक्राउ

पर्सा जिल्ला अदालतले उनलाई १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

वैशाख १८, २०८३

शंकर आचार्य

Absconding defendant in banking crime case arrested from Birgunj

पर्सा — बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार दिउँसो करिब ३ बजे वीरगन्ज महानगरपालिका–८ क्षेत्रमा लुकिछिपी बस्दै आएका ४७ वर्षीय राजेश कुमार गुप्ता पक्राउ परेका हुन् । सबैठवा–९ निवासी उनी हाल वीरगन्ज–५ बस्दै आएका थिए ।

पर्सा जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा गुप्तालाई १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो । पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार गुप्तालाई अदालतको आदेशअनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully