अतिक्रमित जग्गा खाली गराइदिन राजविराज नगरपालिकालाई फेरि ताकेता

जग्गाधनी श्रेस्ताअनुसार राजविराज नगरपालिकाको साविक वडा नम्बर ७ (हाल ६) को कित्ता नम्बर ९० मा ६ कठ्ठा ६ धुर जग्गा कालेनिकाका नाममा छ । तर, सोही जग्गामध्ये दक्षितर्फबाट २ कठ्ठा १४ धुर जग्गा स्थानीय स्वर्गीय जगदीश झाले ११ फागुन २०५४ देखि घरटहरा निर्माण गरेर अतिक्रमण गरेका छन् ।

वैशाख १०, २०८३

विद्यानन्द राम

Rajbiraj Municipality again asked to vacate encroached land

What you should know

राजविराज — सप्तरीको राजविराज नगरपालिका–७ स्थित अतिक्रमित जग्गा खाली गराइदिन कोष तथा लेखा नियन्त्रक कार्यालय (कालेनिका) सप्तरीले फेरि ताकेता गरेको छ । 

यसअघि कार्यालयले गत पुस ३० मा नगरपालिकालाई पत्राचार गर्दै अतिक्रमित २ कठ्ठा १४ धुर जग्गामा रहेको घर टहरा हटाइदिन नगरपालिकालाई आग्रह गरेको थियो । तर, ३ महिनाभन्दा बढी भइसक्दा पनि नगरपालिकाले अझसम्म अतिक्रमण हटाउन प्रक्रियासम्म पनि  सुरु गरेको छैन ।

कोलेनिकाका प्रमुख कोष नियन्त्रक मनोजकुमार सुनुवारले गत बुधबार फेरि पत्राचार गर्दै यथासम्भव चाँडै कारबाही प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका हुन् । ‘हालसम्म के कति प्रगति भएको हो ? कुनै जानकारी प्राप्त नभएकाले पुनः यो पत्र लेख्ने काम भएको छ र हालसम्म भएको प्रगतिसमेत जानकारी गराइदिनु हुन अनुरोध छ,’ पत्रमा उल्लेख गरिएको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले टुंगो लगाइसकेको आधारमा २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको संयोजकत्वमा बसेको बैठकबाट समेत निर्णय गरेर सो जग्गाको अतिक्रमण खाली गराइदिन नगरपालिकालाई आग्रह गरिएको थियो । तर, नगरपालिकाले वास्ता गरेको छैन ।

जग्गाधनी श्रेस्ताअनुसार राजविराज नगरपालिकाको साविक वडा नम्बर ७ (हाल ६) को कित्ता नम्बर ९० मा ६ कठ्ठा ६ धुर जग्गा कालेनिकाका नाममा छ । तर, सोही जग्गामध्ये दक्षितर्फबाट २ कठ्ठा १४ धुर जग्गा स्थानीय स्वर्गीय जगदीश झाले ११ फागुन २०५४ देखि घरटहरा निर्माण गरेर अतिक्रमण गरेका छन् । त्यस जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनपछि ती सरकारी सम्पत्तिको संरक्षण गर्न तीन महिनाअघि नै पत्राचार गरेको थियो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully