अवैध सामानसहित चालक पक्राउ

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सर्लाही लालबन्दी–७ घर भएका जिप चालक पवन साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वैशाख १०, २०८३

शिव पुरी

Driver arrested with illegal goods

रौतहट — भारतबाट अवैध रूपमा भित्र्याएको पिकअप जिपसहितको सामान प्रहरीले बिहीबार बरामद गरेको छ । प्रहरीले मौलापुर नगरपालिकाबाट जिप चालकलाई समेत पक्राउ गरी अनुसन्धान थालेको छ । 

मौलापुर–३ स्थित ज१च १३४३ नम्बरको पिकअप जिपमा भारतबाट तोरी र सरसों ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त गाडीमा तोरी २ हजार ९ सय किलो र सरसों ३ सय ५० किलो बरामद गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सर्लाही लालबन्दी–७ घर भएका जिप चालक पवन साहलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । डीएसपी बस्यालका अनुसार पक्राउ परेका जिप चालकसित सोधपुछ भइरहेको छ । 

यता परोहा नगरपालिका–७ स्थित चोकमा भारतबाट अवैध रूपमा डिजल ल्याउँदै गरेको अवस्थामा बीआर०५एल ४५६० नम्बरको भारतीय मोटरसाइकलसमेत नियन्त्रयणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानपछि आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाउने जानकारी दिएको छ । केही समययता भारतबाट अवैध रूपमा भन्सार राजस्व छलेर सामान ल्याउने क्रम बढेको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully