सोधपुछका लागि बोलाइएका जयसवाल प्रहरीको नियन्त्रणमा

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेका जयसवाललाई नियन्त्रणमा लिइएको हो ।

वैशाख ९, २०८३

विद्यानन्द राम

Jaisawal, who was summoned for questioning, is under police custody.

राजविराज — सोधपुछ गर्न बोलाइएका सप्तरीको रुपनी गाउँपालिका–१ का किरणकुमार जयसवाललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

ईलाका प्रहरी कार्यालय रुपनीले गत मंगलबार चलानी नम्बर ३८९ उल्लेखित पत्र थमाउँदै जयसवाललाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेका जयसवाललाई नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जयसवाललाई विद्युतीय कारोबारअन्तर्गतका उजुरीका आधारमा नियन्त्रणमा लिएको बताए । तर, दिउँसोसम्म उनले पनि जयसवाललाई सोधपुछका लागि मात्रै बोलाएको प्रतिक्रिया दिएका थिए ।

'सोधपुछबाट जयसवालकै सामाजिक सञ्जाल रहेको पुष्टि हुन आएको छ,’ डीएसपी पुरीले भने, 'जयसवालमाथि थप अनुसन्धानका लागि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम ५ दिन म्याद थप लिइएका छौं ।’ जयसवालमाथि रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले विद्युतीय कारोबारअन्तर्गत उजुरी दिएका हुन् । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully