पेस्तालसहित भारतीय नागरिक पक्राउ

‘भारतबाट हतियारसहित नेपाल प्रवेश गरेको सूचना पाएलगत्तै चेकजाँच गर्ने क्रममा दास पक्राउ परेका हुन्,’ डीएसपी बस्यालले भने ।

वैशाख ७, २०८३

शिव पुरी

Indian citizen arrested with pestle

रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको बौधीमाई नगरपालिका–७ बंकुल स्थित मां इँटाभट्टा नजिक चेकजाँचका क्रममा भारतको पूर्वी चम्पारणस्थित मौवाह ग्रामपञ्चायत चनारमण टोलका २० वर्षीय सूर्यकुमार दासलाई नलकटुवा पेस्तोलसहित  पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले बताए । 

‘भारतबाट हतियारसहित प्रवेश गरेको सूचना पाएलगत्तै चेकजाँच गर्ने क्रममा दास पक्राउ परेका हुन्,’ डीएसपी बस्यालले भने, ‘दासले कहाँबाट हतियार ल्याए र कहाँ लैजान लागेका हुन् भन्ने खुल्न बाँकी छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।’ 

दासले प्रयोग गरिरहेको दुईवटा भारतीय सिमसहितको मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भनिएको नलकटुवा पेस्तोल हेर्दा निकै पुरानो जस्तो देखिएको छ । दासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully