बिहान ५ बजेदेखि साझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँदा इन्टरनेटबाट सन्चालित सेवा र बोरिङबाट सन्चालित खानेपानी वितरण पनि प्रभावित भएको हो ।
What you should know
पर्सा — वीरगन्जमा जारी सडक बिस्तारको कारण यहाँको विद्युत, इन्टरनेट र खानेपानी सेवा अवरुद्ध भएको छ ।
डिभिजन सडक कार्यालय हेटौंडाले आइतबार बिहान ५ बजेदेखि सडक बिस्तारको काम सुरु गरेसँगै अत्यावश्यक सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको छ ।
बिहान ५ बजेदेखि साझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँदा इन्टरनेटबाट सन्चालित सेवा र बोरिङबाट सन्चालित खानेपानी वितरण पनि प्रभावित भएको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले सार्वजनिक सूचना जारी गरी सडक विस्तार तथा मर्मत कार्यका कारण केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ। प्राधिकरणका अनुसार त्रिभुवन राजमार्ग अन्तर्गत नेपाल–भारत सीमादेखि पुल क्षेत्र हुँदै गण्डक नहरसम्म राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सडक सीमाभित्र पर्ने संरचना हटाउने तथा मर्मत कार्य भइरहेकाले विद्युत् लाइन व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो।
विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले सडक बिस्तार हुँदा वीरगन्ज महानगरको वडा १, २, ५, ६, रानीघाट, जगन्नाथपुर, श्रीसिया, छपकैया, घण्टाघर, बिर्तामाई, छपकैया, बलिरामपुर फिडरहरुबाट आपूर्ती हुने क्षेत्रमा विद्युत् सेवा अनियमित हुन सक्ने जानकारी दिएका छन् । केन्द्रका अनुसार मंगलबारसम्म विद्युत सेवा आंशिक समयमा अवरुद्ध हुन सक्ने जनाएको छ ।
वीरगन्ज महानगर क्षेत्रमा आइतबार बिहानैदेखि सडकको दाँयाबाँया २५ मिटरभित्रका संरचना भत्काउन सुरु गरिएको हो। त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचना बिहान साढे ५ बजेबाट हटाउने काम भइरहेको छ ।
सडक डिभिजन हेटौंडा कार्यालयले आइतबार करिब १ दर्जन डोजर/एस्क्साभेटर चलाएर संरचना हटाउन सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सुरक्षामा अतिक्रमित संरचना हटाउने अभियान थालिएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर भोला साहले यसअघिको सर्वोच्च अदालतको फैसला र संंघीय सरकारको निर्णय अनुसार आइतबार बिहानदेखि सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरिएको जानकारी दिए । उनले गण्डक चोकदेखि मितेरी पुलसम्म करिब १ हजारदेखि १ हजार २ सय घरटहरा रहेको बताए ।
