सार्वजनिक सवारीसाधनमा २० दिनभित्र सीसीटीभी जडान गर्न निर्देशन

जिल्ला सदरमुकाम सिरहा, मिर्चैया, लहानलगायतका स्थानबाट लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य रूपमा सीसीटीभी जडान गर्न जिल्ला प्रशासन कार्यालय, सिरहाले निर्देशन दिएको हो ।

वैशाख ३, २०८३

विनय आजाद

Instructions to install CCTV in public vehicles within 20 days

सिरहा — जिल्ला प्रशासन कार्यालय, सिरहाले सार्वजनिक सवारीसाधनमा आगामी २० दिनभित्र सीसीटीभी जडान गर्न निर्देशन दिएको छ । जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा प्रशासनले यस्तो निर्देशन दिएको हो ।

जिल्ला सदरमुकाम सिरहा, मिर्चैया, लहानलगायतका स्थानबाट लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य रूपमा सीसीटीभी जडान गर्नुपर्ने सूचनामा उल्लेख छ । यसको अनुगमन यातायात व्यवस्था कार्यालय, लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले गर्नेछ ।

सीसीटीभी जडान गर्न दिइएको म्यादपछि यसको नियमित अनुगमन हुने तथा निर्देशनको अवज्ञा गरी सीसीटीभी जडान नगरेको भेटिए त्यस्ता सवारीसाधनलाई कारबाही गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully