सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै कटहरिया नगरपालिका–९ का २४ वर्षीय रितेशकुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
रौतहट — रौतहटको चन्द्रपुरस्थित मालपोत कार्यालयबाट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले सोमबार एक जनालाई बिचौलियाको आरोपमा पक्राउ गरेको छ ।
सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै कटहरिया नगरपालिका–९ का २४ वर्षीय रितेशकुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । यादव लामो समयदेखि मालपोत कार्यालय वरिपरि सक्रिय रहेको र सर्वसाधारणलाई दुःख दिँदै आएको गुनासो बढेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । पक्राउ परेका यादवविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि सदरमुकाम गौरस्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी पार्ने काममा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । उनीहरू सबै बिचौलियाको भूमिकामा सक्रिय रहेको प्रहरीको भनाइ छ ।
