सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले दासलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी उपसचिव रोशन अर्यालले बताए ।
राजविराज — नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्रकुमार दास घुस लिँदै गर्दा पक्राउ परेका छन् । सोमबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित एक होटलबाट उनी पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले दासलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी उपसचिव रोशन अर्यालले बताए ।
उनका अनुसार दासले सेवाग्राहीसँग घुसबापत लिएको १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए ।