सेवाग्राहीसँगै प्रमुख जिल्ला अधिकारी पनि नागरिकता फाँटमा

‘ढड्डा नभएको, झुत्रो भएर नागरिकता काम नलाग्ने, नाम थर नमिलेको र अभिलेख कायम गर्न बाँकी रहेकाहरूको फाँटमै गएर प्रजिअले सघाउँदा काम पनि छिटो हुने रहेछ,’ एक सेवाग्राहीले भने, ‘प्रजिअ आफैं अग्रसर हुँदा मातहतका कर्मचारीमा पनि कामप्रति उत्तरदायित्व बढ्ने रहेछ ।’

चैत्र २३, २०८२

शिव पुरी

Along with the service recipient, the Chief District Officer also appears in the citizenship field.

रौतहट — जिल्ला प्रशासन कार्यालय गौरमा सोमबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल नागरिकता वितरण गर्न नागरिकता फाँटमै बसेको पाइए । उनले सेवाग्रहीसित नागरिकता लिन आउँदा कुनै समस्या त भएन भन्दै प्रश्न गरिरहेका थिए । 

यो दृश्यले सेवाग्राहीमा राज्यको उपस्थिति महसुस हुनुका साथै प्रशासनप्रति विश्वास पनि बढेको एक सेवाग्राहीले बताए । कार्यालयको टेबलमा मात्र सीमित नभई, कतिपय अवस्थामा अपागंता भएका, ज्येष्ठ नागरिक वा विशेष अवस्थाका व्यक्तिलाई उनीहरूकै ठाउँमा पुगेर नागरिकता प्रदान गर्दा सेवाग्राहीलाई ठूलो राहत पुग्ने प्रजिअ भुसालले बताए । 

‘ढड्डा नभएको, झुत्रो भएर नागरिकता काम नलाग्ने, नाम थर नमिलेको र अभिलेख कायम गर्न बाँकी रहेकाहरूको फाँटमै गएर प्रजिअले सघाउँदा काम पनि छिटो हुने रहेछ,’ एक सेवाग्राहीले भने, ‘प्रजिअ आफैं अग्रसर हुँदा मातहतका कर्मचारीमा पनि कामप्रति उत्तरदायित्व बढ्ने रहेछ ।’

नागरिकता जस्तो संवेदनशील र महत्त्वपूर्ण कागजात वितरणमा प्रमुख व्यक्तिको प्रत्यक्ष संलग्नताले बिचौलियाहरूको प्रभाव शून्य बनाउन मद्धत पुग्ने प्रशासनका नायब सुब्बा रामनरेश साहले बताए । ‘यसो गर्दा सर्वसाधारणले आफ्ना समस्या सिधै जिल्लाको अभिभावकलाई सुनाउने मौका पाउँछन्,’ उनले भने, ‘यस्ता कार्यले अन्य जिल्लाका प्रशासकलाई पनि नागरिकमैत्री सेवा प्रवाह गर्न प्रेरित गर्छ ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully