अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लवकुमार सिंहलाई पचास हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।
रौतहट — अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले ५० हजार घुसकोसहित मंगलबार जिल्ला अदालत रौतहटका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
आयोगको हेटौंडाबाट खटिएको टोलीले अदालतका कर्मचारी (डिट्ठा) लवकुमार सिंहलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । सिंहले सेवाग्रहीसित ५० हजार घूस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो । अदालतका कर्मचारी सिंहलाई नगद सहित नियन्त्रणमा लिइएको आयोगको हेटौंडा कार्यालयले पुष्टि गरेको छ ।
अख्तियारले कुन प्रायोजनका लागि सिंहले सेवाग्रहीसित घूस लिएको भन्ने खुलाएको छैन । परोहा नगरपालिकाको बसन्तपट्टि घर भएका सिंह करारका कर्मचारी हुन् । उनी तहसलिदार फाटमा कार्यरत थिए ।
