तालिमले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
पर्सा — सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय पर्साले सन्चालन गरेको विपद स्वयंसेवक परिचालन विस्तारित तालिम मंगलबार वीरगन्जमा सम्पन्न भएको छ।
फागुन २५ गतेदेखि सुरु भएको उक्त तालिमको समापन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथि थिए।
समारोहमा तालिम पूरा गरेका २९ जना स्वयंसेवकलाई प्रमुख जिल्ला अधिकारी दाहालले प्रमाणपत्र वितरण गरेका थिए। तालिमले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उपनिर्देशक सन्तोष ढुंगेल, श्रीजंग गणका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वीरगन्ज महानगरपालिका–१४ का वडा अध्यक्ष महबुब एलाही अन्सारीलगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले यस्ता तालिमले प्राकृतिक विपद्का बेला छिटो तथा प्रभावकारी उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
