भारतबाट ल्याएका कुखुरासहित जिप र चालक नियन्त्रणमा

दुर्गा भगवती गाउँपालिकाको मत्सरीबाट प्रहरीले २५० कुखुरासहित जिप र चालकलाई नियन्त्रणमा लिएको हो ।

चैत्र १६, २०८२

शिव पुरी

Jeep and driver with chickens brought from India taken into custody

रौतहट — भारतबाट अबैध रुपमा भित्र्याएका बोईलर कुखुरासहित जिप र चालकलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्गा भगवती गाउँपालिकाको मत्सरीबाट प्रहरीले कुखुरा र चालकसहित जिप नियन्त्रणमा लिएको हो । 

भारतबाट ल्याएर कुखुराको अबैध कारोबारबाट नेपाली व्यवसायी मर्कामा परे पछि उनीहरुकै सुराकीको आधारमा इलाका प्रहरी गंगापिपराको टोलीले दुर्गा भगवती–३ स्थित गौर–गंगापिपरा खण्डबाट २ सय ५० वटा कुखुरसहित जिप, चालक नियन्त्रणमा लिएको हो । 

सीमाक्षेत्रबाट उत्तरतर्फ आउँदै गरेका ना ५ च ३५६५ नम्बरको बोलेरो जिप र चालक गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरीका डिएसपी विष्णुप्रदीप बस्यालले बताए ।  

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully