सामाजिक सञ्जालबाट पत्रकारलाई गालीगलौज गरिएकोमा ध्यानाकर्षण

महासंघले पत्रकारलाई धम्की र त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य पार्ने यस्ता गतिविधि तुरुन्त रोक्न तथा सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Attention drawn to abuse of journalists on social media

रौतहट — रौतहटका स्थानीय सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत तथानाम गालीगलौज र अपशब्द प्रयोग गर्नेलाई नेपाल पत्रकार महासंघ रौतहट शाखा तथा केन्द्रले सोमबार विज्ञप्ति जारी गर्दै व्यक्तिको सामाजिक प्रतिष्ठामा मानमर्दन गरिनु निन्दनीय भएको जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।

‘आई सपोर्ट प्रभु साह’ नामक फेसबुक आइडीबाट रौतहटका पत्रकार सञ्जयकुमार मिश्रलाई लक्षित गर्दै केही दिनअघि अशोभनीय भाषा प्रयोग गरी गालीगलौज गरिएको थियो । पत्रकार मिश्रले आम जनता पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजन साहले आजपा छाडेकोसम्बन्धी समाचार लेखेकै आधारमा उक्त आइडीबाट गालीगलौज गरिएको हो ।

उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथि ठाडो आक्रमण ठहर गर्दै व्यक्तिको सामाजिक प्रतिष्ठामा मानमर्दन गरिनु निन्दनीय भएको महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले बताएका छन् । पत्रकार मिश्रलाई फेसबुकमार्फत असभ्य भाषामा गालीगलौज गरिएकोप्रति महासंघको ध्यानाकर्षण भएको जनाइएको छ ।

समाचारमा चित्त नबुझे प्रचलित विधिअनुसार समाधान नखोजी व्यक्तिको सामाजिक प्रतिष्ठामा मानमर्दन गर्नु निन्दनीय मात्र नभई सामाजिक अपराध भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन तथा प्रेसलाई संवैधानिक अधिकार उपभोगमा सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले विज्ञप्तिमार्फत आम जनता पार्टीका एक सदस्यले पार्टी परित्याग गरेको विषयमा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकारमाथि गालीगलौज गरिनु अशोभनीय र प्रेस स्वतन्त्रताको उपहास भएको ठहर गरेको उल्लेख छ ।

महासंघले पत्रकारलाई धम्की र त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य पार्ने यस्ता गतिविधि तुरुन्त रोक्न तथा सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

Attention drawn to abuse of journalists on social media

कान्तिपुर

Link copied successfully