बाग्मतीको नुनथरस्थित झोलुङेपुलबाट १५० मिटर उत्तर नदीमा सर्लाहीको बाग्मती नगरपालिका-४ नयाँबस्तीका ४० वर्षीय कामी सिंह स्याङतानको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहट — रौतहटको चन्द्रपुर-१ नुनथर स्थित बाग्मती नदीमा माछा मार्ने क्रममा मंगलबार बगेर एकजनाको मृत्यु भएको छ ।
बाग्मतीको नुनथरस्थित झोलुङेपुलबाट १५० मिटर उत्तर नदीमा सर्लाहीको बाग्मती नगरपालिका-४ नयाँबस्तीका ४० वर्षीय कामी सिंह स्याङतानको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्न नदीमा गएका स्याङ्ताङ डुबेर बेपत्ता भएका थिए । काका डुबेपछि भतिजा कान्छा लामाले तत्कालै प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी रुपा लाबुङको टोली, नेपाली सेना, सशस्त्र बेश क्याम्प सन्तपुर र ईलाका प्रहरी कार्यालय कर्मया सर्लाहीबाट पुगेको टोलीले नदीमा बेपत्ता स्याङ्तानको खोजी गरेको थियो ।
मंगलबार बिहान स्याङ्तानको शव नुनथर झोलुङेपुल देखि १०० मिटर उत्तर बाग्मती नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको पोष्ट मार्टमको लागि सरकरी अस्पताल चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी गौरले जानकारी दिएको छ ।