नक्कली सुनसहित रौतहटमा ४ जना पक्राउ

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार नक्कली सुनसहित ४ जनालाई पक्राउ गरेको हो ।

चैत्र १०, २०८२

शिव पुरी

4 arrested in Rautahat with fake gold

रौतहट — इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार स्थानीय जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित ४ जनालाई पक्राउ गरेको छ । 

चन्द्रपुर नगरपालिका–४ स्थित जगत रिसोर्ट होटलबाट प्रहरीले जाँच गर्दा पम्प, क्रेडिट, सइस, फाइन गोल्ड लेखिएको नक्कली सुनजस्ता धातुका ७ वटा टुक्रासहित नुवाकोट जिल्ला घर भएका अशोक तामाङ, चन्द्रपुर नगरपालिकाका अर्जुन चौधरी, बोधीमाई नगरपालिकाका फेकनराय यादव र भारतको सिलिगुडीका सञ्जोग बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले बताए ।

प्रहरीले उनीहरुको साथबाट चार थान मोबाइलसमेत बरामद गरेको छ ।

‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ,’उनले भने, ‘नक्कली सुन बेचबिखन गर्ने गिरोहको आशंकामा अनुसन्धान अघि बढाएको हौँ । उनीहरुको पृष्ठभूमि पत्ता लगाउँदैछौँ ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully