सासूलाई कुटपिट गरी हत्या गरेको आरोपमा बुहारीसहित दुई जना पक्राउ

हत्या आरोपी दुवैलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको र शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

चैत्र ९, २०८२

शंकर आचार्य

Two people, including daughter-in-law, arrested for beating and killing mother-in-law

पर्सा — सासूको हत्या आरोपमा बुहारी र उनकी बहिनी पक्राउ परेका छन् । 

जिराभवानी गाउँपालिका–१ पिपराकी ६५ वर्षीया सायेदा श्रीवास्तवको हत्या आरोपमा बुहारी ३० वर्षीया पिंकीदेवी श्रीवास्तव र उनकी बहिनी १९ वर्षीया गायत्री श्रीवास्तव पक्राउ परेका हुन् । सोमबार दिउँसो सायेदा घरमै मृत फेला परेकी थिइन् । उनको र बुहारी पिंकीको लामो समयदेखि घरायसी विवाद रहेकामा सोमबार विवाद हुँदै गर्दा पिंकी र उनकी बहिनी गायत्री समेत मिली सायेदालाई कुटपिट गरेको स्थानीयको आरोप छ ।

प्रहरी पुगेर दुवैलाई नियन्त्रणमा लिएको थियो । हत्या आरोपी दुवैलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको र शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully