करेन्ट लागेर वृद्धाको मृत्यु

८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

चैत्र ८, २०८२

शिव पुरी

Elderly woman dies of electrocution

रौतहट — रौतहटको गुजरा-१ स्थित मनहर्वा घर भएकी एक वृद्धाको आइतबार करेन्ट लागेर मृत्यु भएको छ । 

८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । चन्द्रपुर-८ बसन्तपुरस्थित ज्वाइँ लाल बिहारी चौधरीको घर बस्दै आएकी वृद्धा विद्युतीय मोटर जोडेको धारामा पानी भर्न जाँदा करेन्ट लागी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै उपचारका लागि चपुर अस्पताल प्रालि ल्याइएको थियो । 

उपचारको क्रममा वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डीएसपी बिष्णुप्रदिप बस्यालले बताए । शव छोरा जोखन चौधरीले बुझेर लगेको प्रहरीले जनाएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully