अनुचित लेनदेन आरोपमा रौतहटमा एक व्यापारी पक्राउ

उनीविरुद्ध मिटरब्याजी संघर्ष समितिले समेत कारबाहीको दायरामा ल्याउन माग गर्दै आएको थियो ।

चैत्र ५, २०८२

शिव पुरी

Businessman arrested in Rautahat on charges of improper transactions

रौतहट — अनुचित लेनदेनको आरोपमा रौतहटमा एक व्यापारी पक्राउ परेका छन् । चन्द्रपुर-४ का व्यापारी रामबाबु प्रसाद कलवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

पीडित रामबाबु महतोको जाहेरीको आधारमा जिल्ला अदालतबाट अनुचित लेनदेदनको मुद्दामा कलवारमाथि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

बुधबार अदालतमा हाजिर गराइएका कलवारको मुद्दा समय अभावले सरेकाले बिहीबार पुन: अदालत उपस्थित गराइँदै छ ।

विगतमा मिटरब्याजीको आरोपमा पटकपटक प्रहरीमा उजुरी परेका कलवारविरुद्ध दोहोरो नागरिकताको विवादसमेत बाहिर आएको छ । उनीविरुद्ध मिटरब्याजी संघर्ष समितिले समेत कारबाहीको दायरामा ल्याउन माग गर्दै आएको थियो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully