प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय ती पुरुषलाई नियन्त्रणमा लिएको हो ।
पर्सा — वीरगन्जमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय ती पुरुषलाई नियन्त्रणमा लिएको हो । सुस्त मनस्थितिकी किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई प्रहरीले सोमबार पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डीएसपि हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ परेकालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको र किशोरीको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
घटनामा पीडित किशोरी र अभियुक्त दुवैको पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक प्रमाण संकलन, बयान लिने तथा कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको जनाएको छ ।
