सर्लाहीमा कांग्रेस नेता सिन्हामाथि आक्रमण

आक्रमणबाट घाइते सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Congress leader Sinha attacked in Sarlahi

सर्लाही — सर्लाहीको क्षेत्र नम्बर ४ स्थित बलरा नगरपालिका–४ मा कांग्रेस नेता कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ ।

बलरा–४ स्थित बाटोमा आफ्ना छोरा र नातिसँगै गाडीमा बसिरहेको अवस्थामा आक्रमण भएको हो ।रास्वपाबाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको पीडितले आरोप लगाएका छन्  । आक्रमणबाट घाइते सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गाडीमा भने सामान्य क्षति पुगेको छ ।

प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाको बारेमा कुनै जानकारी नआएको जानकारी बताए ।

यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।

कान्तिपुर

Link copied successfully