सर्लाही-४ : रास्वपाका अमरेशको अग्रता, गगन थापा दोस्रो

जारी मतगणनामा अमरेशकुमार सिंह १ हजार २ सय ३९ मतसहित अगाडि छन् भने गगन थापाले ७ सय ६८ मत ल्याएका छन् ।

फाल्गुन २२, २०८२

ओमप्रकाश ठाकुर

Sarlahi-4: Rastriya Swayamsevak Sangh's Amresh leads, Gagan Thapa second

सर्लाही — बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाअनुसार सर्लाही-४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह १ हजार २ सय ३९ मतसहित अगाडि छन् । गगनकुमार थापा ७ सय ६८ मत मतसहित दोस्रो स्थानमा छन् । थापा कांग्रेस सभापतिसमेत हुन् । 

जनमत पार्टीका राकेश मिश्र २ सय ५० मतसहित तेस्रो र एमालेका अमनिश कुमार यादव १ सय ९९ मतसहित चौथो स्थानमा छन् । 

०७९ को  निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार रहेका सिंह २० हजार १७ मत ल्याई विजयी भएका थिए । त्यसबेला निकटतम प्रतिस्पर्धी कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २ सय ५३ मत ल्याएका थिए ।

ओमप्रकाश

Link copied successfully