सर्लाही-३ : नेकपाका नारायणकाजी निकै पछि, रास्वपाकै अग्रता

रास्वपाका कलवारभन्दा उनी ४ हजार ७ सय २० मतले पछि छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Sarlahi-3: NCP's Narayan Kaji is far behind, RSP is ahead

सर्लाही — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ प्रारम्भिक मतगणनामै पछि परेका छन् ।

सर्लाही-३ बाट चुनावी प्रतिस्पर्धामा रहेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारभन्दा धेरै तल परेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार कलवारले ५ हजार ४ सय २४ मत ल्याएका छन् । प्रतिस्पर्धामा दोस्रो रहेका श्रेष्ठले अहिलेसम्म ७ सय २० मत मात्र प्राप्त गरेका छन् । जुन कलवारको भन्दा ४ हजार ७ सय २० मतले कम हो ।

यो क्षेत्रमा कांग्रेसका उम्मेदवार विनोदकुमार खनाल तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ५ सय ४० मत मात्र प्राप्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully