रौतहट-१ : माधव नेपाल पाचौं स्थानमा, रास्वपा पहिलो

जारी गणनामा रास्वपाका राजेश चौधरी ७ सय ६ मतसहित अगाडि हुँदा नेपालले २ सय २० मत मात्रै ल्याएका छन् ।

फाल्गुन २२, २०८२

शिव पुरी

Rautahat-1: Madhav Nepal in fifth place, Rashtriya Swayamsevak Sangh first

रौतहट —  

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाअनुसार रौतहट-१ मा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २ सय २० मतसहित पाचौं स्थानमा छन् । 

यो क्षेत्रमा रास्वपाका उम्मेदवार राजेश चौधरी ७ सय ६ मतसहित अगाडि छन् । जसपाका योगेन्द्रराय यादव ५ सय ६७ र कांग्रेसका अनिल झा ३ सय १२ मतसहित दोस्रो र तेस्रो छन् ।

एमाले उम्मेदवार अजय गुप्ताले २ सय ८८ मत पाएका छन् । गौर नगरपालिका लगायतका क्षेत्रको मतपेटिका गणनापछि यो क्रम तलमाथि हुन सक्ने उम्मेदवारहरु बताउँछन् ।

०७९ मा नेता नेपालले यसै क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का तर्फबाट ३३ हजार ५२२ मत प्राप्त गरी विजयी भएका थिए । त्यसबेला निकटतम प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता थिए । अहिलेको निर्वाचनमा मतदाताहको बदलिँदो चाहना र नयाँ राजनीतिक शक्तिको उदयले पुराना स्थापित नेताबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully