मतदान गर्न गएका बेला जितपुरसिमराका निलम्बित वडाध्यक्ष पक्राउ

भ्रष्टाचार मुद्दामा उनी पछिल्लाे दुई वर्षदेखि निलम्बित छन् ।

फाल्गुन २१, २०८२

लक्ष्मी साह

Suspended ward chair of Jitpursimara arrested while going to vote

बारा — प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-३ बजनी गाउँका वडाध्यक्ष ताराबहादुर कार्कीलाई बिहीबार पक्राउ गरेकाे छ ।

सरकारी किर्ते कागज र छाप गरेकाे आराेपमा उनलाई बजनी मतदान केन्द्रबाट नियन्त्रणमा लिइएकाे सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले बताए ।

उनी प्रहरीकाे फरार सूचीमा रहेकाे र मतदान गर्न गएकाे बखत उनलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । नेकपा एमालेकाे तर्फबाट निलम्बित वडाध्यक्ष कार्की २०७९ काे स्थानीय तहमा निर्वाचित थिए । भ्रष्टाचार मुद्दामा उनी पछिल्लाे दुई वर्षदेखि निलम्बित छन् ।

एमाले निकटका विद्यार्थी संगठन अनेरास्ववियुका तत्कालीन जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसमेत भएका कार्की बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा उनी उनका स्वकीय सचिव थिए । भट्टराई नयाँ शक्ति पार्टी खाेलेपछि उनी माओवादीमै रहिरहे । पछि फेरि माओवादीबाट एमालेमा प्रवेश गरि उनी वडाध्यक्षमा निर्वाचित  भए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully