पर्सामा मतपेटिका संकलन हुन अझै १ घण्टा लाग्ने

पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले चार वटै निर्वाचन क्षेत्रबाट मतगणनास्थलमा मतपेटिका संकलन कार्य जारी रहेको बताए ।

फाल्गुन २१, २०८२

शंकर आचार्य

It will take another hour to collect ballot boxes in Parsa.

पर्सा — पर्सामा मतदानस्थलहरुबाट मतपेटिका संकलन कार्य जारी छ । पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले चार वटै निर्वाचन क्षेत्रबाट मतगणनास्थलमा मतपेटिका संकलन कार्य जारी रहेको बताए ।

उनले यो काममा थप १ घण्टा लाग्न सक्ने बताए । ‘मतपेटिकाहरु रुजु गरेर प्ल्याउन समय लागेको हो,’ उनले भने, ‘थप एक घण्टामा सबै मतपेटिका संकलन भइसक्छ ।’

मतपेटिकासंकलन भएपछि सर्वदलीय बैठक गरी बैठकमा मतगणना सम्बन्धी निर्णय हुने उनले जानकारी दिए । ‘बैठकमा बिहीबार रातिबाटै मतगणना थाल्ने सहमति भए त्यसै अनुसार गरिन्छ,’ उनले भने, ‘मतगणनास्थलको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।’

पर्सा क्षेत्र नं १ र २ कोमतगणना वीरगन्जस्थित ठाकुरराम क्याम्पसमा र ३ र ४ को मतगणना पोखरिया नगरपालिकास्थित उच्चांगल माविमा गरिने रेग्मीले जानकारी दिए ।

मतगणनास्थलहरुमासुरक्षा व्यवस्था कडा बनाइएको छ । ठाकुरराम क्याम्पस मतगणना केन्द्रमा जिल्लामा रहेका दुई अस्थायी मतदान केन्द्रहरु जिल्ला हुलाक र वीरगन्ज कारागारबाट मतपेटिका सुरुमै ल्याइएको छ ।अन्य मतपेटिका पनि संकलन हुने क्रम जारी छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully