कुखुरा हिर्काएको विषयमा विवाद, १७ सेल अश्रुग्यास प्रहार

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

फाल्गुन १९, २०८२

सन्तोष सिंह

Controversy over chicken beating, 17 tear gas shells fired

महोत्तरी — गौशाला बजारमा बालकले कुखुरा हिर्काएको विषयमा चर्किएको विवाद नियन्त्रण लिन प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको छ ।

सोमबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित बजारमा ५/६ वर्षीय बालकले कुखुरा हिर्काएको विषयमा विवाद भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कुखुरा धनी साबिर हुसेनको घरमा आगजनी र तोडफोडसमेत भएको थियो । भिड नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय गौशालाको टोलीले अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । केही व्यक्तिलाई पहिचान गरी प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

गौशाला बजारको अवस्था मंगलबार बिहानैदेखि सामान्य बनेको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully