सेनाले निष्क्रिय पार्‍यो शंकास्पद बस्तु

राजपैडास्थित आधुनिक प्रावि स्कुलबाट करिब २ सय मिटर दक्षिणमा बोराभित्र शंकास्पद बस्तु राखिएको अवस्थामा फेला परेको थियो ।

फाल्गुन १९, २०८२

शिव पुरी

Army neutralizes suspicious object

रौतहट — जिल्लाको चन्द्रपुर-५, रजपैडा- थलहीटोल जाने मार्गमा फेला परेको शंकास्पद बस्तु मंगलबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद बस्तुका कारण मानिसमा त्रास फैलिएको थियो ।

राजपैडास्थित आधुनिक प्रावि स्कुलबाट करिब २ सय मिटर दक्षिणमा बोराभित्र शंकास्पद बस्तु  राखिएको अवस्थामा फेला परेको थियो । त्यसपछि संयुक्त फौजले सुरक्षाका लागि रातभर उक्त इलाका कर्डन गरिएको थियो । बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्क्रिय पारेको जनाएको छ ।

उक्त बस्तु बम नभएको पाइएको नेपाली सेनाको नारायणदल गणले जनाएको छ । गणले हरेक निर्वाचन क्षेत्रमा बम डिस्पोजल टिम तैनाथ गरेको र राजमार्ग सुरक्षार्थसमेत  टोली तैनाथ गरेको जनाएको छ। कुनै पनि स्थानमा शंकास्पद बस्तु फेला परेको अवस्थामा १० देखि ३० मिनेटभित्र पुग्न सक्ने क्षमता भएको सेनाले जनाएको छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully