एसपीएम प्रिन्टर उद्योगमा कार्यरत पर्सागढी नगरपालिका–४ का ३६ वर्षीय वीरेन्द्र पण्डितको उद्योगको मेसिनमा च्यापिएर मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
पर्सा — वीरगन्ज–२४ रमगढवास्थित एक उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छ । आइतबार साँझ करिब साढे ६ बजेको समयमा एसपीएम प्रिन्टर उद्योगमा कार्यरत पर्सागढी नगरपालिका–४ का ३६ वर्षीय वीरेन्द्र पण्डितको उद्योगको मेसिनमा च्यापिएर मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
उद्योगका अन्य मजदुरले काम ठप्प पारी पीडित परिवारलाई क्षतिपूर्ती तथा घटनाको छानबिन माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
