कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार महिलातर्फ २० र पुरुषतर्फ ३८ गरी कुल ५८ कैदीबन्दीले यस पटक मतदान गर्न पाउनेछन्।
पर्सा — प्रतिनिधि सभा निर्वाचनमा वीरगन्ज कारागारमा रहेका कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् ।कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार महिलातर्फ २० र पुरुषतर्फ ३८ गरी कुल ५८ कैदीबन्दीले यस पटक मतदान गर्न पाउनेछन्।
उनीहरूले प्रत्यक्ष प्रणालीतर्फ नभई समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको हो। कारागारमा आउनुअघि मतदाता सूचीमा नाम रहेका कैदीबन्दीले त्यसको प्रमाण पेस गरेपछि कारागार प्रशासनले उनीहरूको नाम जिल्ला निर्वाचन कार्यालयमा पठाएको हो। अन्यले मतदाता सूचीमा आफ्नो नाम रहेको प्रमाण दिन सकेनन् । कारागारमा १ हजार बढी कैदीबन्दी छन् ।
निर्वाचनको दिन कारागारमै एउटा मतदान केन्द्र स्थापना गरिनेछ। जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृत खटिएर कारागारमा आउनेछन् ।
जेल प्रशासनले यसलाई कैदीबन्दीको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्ने कदमका रूपमा लिएको जेलर रेग्मी बताए ।
