प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेशलाई निरन्तरता दिएको बताए ।
रौतहट — डिजे बाजाको निहुँमा भएको झडपका कारण जिल्ला प्रशासन कार्यालय रौतहटले लगाएको कर्फ्यु आइतबार पनि जारी राखेको छ ।
सदरमुकाम गौरका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु र झडपका लागि उक्साएको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएर राखेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेशलाई निरन्तरता दिएको बताए । ‘स्थिति समान्य बन्दै गएको छ,’ उनलेभने, ‘आज पनि कर्फ्युलाई निरन्तरता दिएका छौं। अवस्था अनकुल हुनसाथ हटाउँछौं।’
स्थानीय प्रशासनले अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु केही खुकुलो पारेको थियो । साढे ८ बजेपछि अर्को आदेश जारी नभएसम्म कर्फ्यु जारी रहने प्रजिअ भुसालले जानकरी दिए।
गौर नगरपालिका–६ स्थित सबगडामा शुक्रबारदेखि जारी झडप नरोकिएपछि प्रशासनले शनिबार दिउसो १ बजेदेखि कर्फ्युआदेश जारी गरेको थियो । गौर र सबगडा क्षेत्र शनिबार दिनभरी तनाबग्रस्त बनेको थियो।
