सम्मेलनमा नेपाल सहित भारत, पोल्यान्ड, इटाली, युक्रेन र अफ्रिकाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका विज्ञहरूको सहभागिता रहेको छ।
What you should know
पर्सा — वीरगन्ज पब्लिक कलेजको आयोजनामा शुक्रबारदेखि वीरगन्जमा दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
‘वैश्विक व्यवस्थापन अभ्यासमा नवप्रर्वतन र दिगोपन’ विषयमा केन्द्रित सम्मेलनमा नेपाल सहित भारत, पोल्यान्ड, इटाली, युक्रेन र अफ्रिकाका विश्वविद्यालय तथा शैक्षिक संस्थाकाविज्ञहरूको सहभागिता रहेको छ।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा बिजु कुमार थपलियाले उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याउँदै यस्ता सम्मेलनहरूले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमका अध्यक्ष तथा सम्मेलन संयोजक वीरगञ्ज पब्लिक कलेजका क्याम्पस प्रमुख डा विनय श्रेष्ठले ज्ञान आदान–प्रदान र अनुसन्धान संस्कृतिको विकासका लागि यस्तो अन्तर्राष्ट्रिय मञ्च उपयोगी हुने उल्लेख गरे।
उद्घाटन सत्रमा मधेस विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक बद शाक्य,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, त्रिभुवन विश्वविद्यालयका प्रा राधेश्याम प्रधान लगायतकाले सम्बोधन गरेका थिए।
सम्मेलनकोपहिलो दिन विभिन्न प्राविधिक सत्रहरू सन्चालन भएका छन्। वित्त तथा लेखा, अर्थशास्त्र र व्यवसाय विश्लेषण, मानव संसाधन व्यवस्थापन, मार्केटिङ तथा आपूर्ति शृंखला व्यवस्थापन, उद्यमशीलता र नवप्रवर्तन विषयमा पाँचवटा समानान्तर सत्रहरू सन्चालन गरिएका छन् ।
सत्रहरूमा दक्षिण अफ्रिकाको नर्थ वेस्ट विश्वविद्यालयका प्रा लुसियस बोट्स, इटालीको टुरिन विश्वविद्यालयका उपनिर्देशक प्रा डा ब्रायन खान, पोल्यान्डका प्रा डा राफालआन्द्रेज लिजट, भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू तथा नेपालकावरिष्ठ शिक्षाविद्हरूले कार्यपत्र प्रस्तुत गरेका थिए।
सम्मेलनका क्रममा वीरगन्ज पब्लिक कलेज र नाइजेरियाको भेर्टियास विश्वविद्यालय, पोल्यान्डको कलेज अफ सोशल एन्ड मिडिया कल्चर तथा युक्रेनको बोहदान खमेल्नित्स्की मेलिटोपोल स्टेट पेडागोजिकल विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
सम्मेलनले अन्तर्राष्ट्रिय सहकार्य विस्तार, अनुसन्धान प्रवर्द्धन र शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सम्मेलन शनिबारसम्मसन्चालन हुनेछ।
