अध्यक्ष अन्सारीकाे फेटा-३ स्थित बजारमा रहेको घर घेराउ गर्दै हातपात भएको थियो ।
बारा — फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयले शुक्रबार बिहान हातपात गरेपछि सुरक्षाकर्मीले त्यहाँबाट उद्धार गरेको छ ।
अध्यक्ष अन्सारीकाे फेटा-३ स्थित बजारमा भएकाे घर घेराउ गर्दै उनीमाथि हातपात भएको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उनलाई उद्धार गरेको छ ।
गाउँमा गएराति जन्ती आएका दुई समुदायका युवाबीच कुटाकुट भएकाे थियाे । त्यही विषयलाई लिएर स्थानीय अध्यक्ष अन्सारीसँग छलफल गर्न पुगेका थिए । तर उनले आफूले केही गर्न नसक्ने बताएपछि छलफलकै क्रममा स्थानीयले हातपात गरेका थिए । त्यहाँबाट जाेगिन आफ्नै घरमा पसेका उनको घर घेराउ गरिएको थियो ।
