सर्लाहीमा इन्जिनियर हत्या प्रकरण : सिरहामा पनि पेनडाउन

पूर्वाधार विकास कार्यालय, सिरहाका कर्मचारीहरूले मंगलबार पेनडाउन गरेका हुन् ।

फाल्गुन ५, २०८२

विनय आजाद

Engineer murder case in Sarlahi: Pendown in Siraha too

सिरहा — सर्लाहीस्थित पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा सिरहामा पनि पेनडाउन गरिएको छ ।

पूर्वाधार विकास कार्यालय, सिरहाका कर्मचारीहरूले मंगलबार पेनडाउन गरेका हुन् ।

उनीहरू कार्यालय परिसरमै हात र टाउकोमा कालोपट्टी बाँधेर बसेका थिए । घटनाका दोषीलाई तत्काल कानूनी कारबाहीका लागि दबाब सिर्जना गर्न यो कार्यक्रम गरिएको कार्यालय प्रमुख रामदेव खर्गाले बताए ।

सव-इन्जिनियर यादवको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । उनी सिरहाको सुखिपुर नगरपालिका-९ का बासिन्दा हुन् । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully