गोली प्रहार गरेर सर्लाहीमा सब–इन्जिनियरको हत्या

प्रहरीका अनुसार मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवलाई अज्ञात व्यक्तिहरुले घर बाहिर बोलाएर गोली प्रहार गरेका थिए ।

फाल्गुन ३, २०८२

ओमप्रकाश ठाकुर

Sub-engineer shot dead in Sarlahi

सर्लाही — सर्लाहीमा गोली प्रहार गरेर सब–इन्जिनियरको हत्या गरिएको छ । सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि आइतबार साँझ गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार सिरहा घर भई हाल मलंगवामा बस्दै आएका यादवलाई अज्ञात व्यक्तिहरुले घर बाहिर बोलाएर गोली प्रहार गरेका थिए । छातीमा गोली लागेर घाइते भएका उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

अस्पतालले उपचारका क्रममा उनलाई मृत घोषणा गरेको हो ।

घटनापछि सुरक्षा निकायले अनुसन्धान तीव्र बनाएको जनाइएको छ । गोली प्रहारमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ओमप्रकाश

Link copied successfully